प्राइम खबर संबाददाता | चैत १२, २०७९ आइतबार
रौतहटको गरुडा नगरपालिका अहिले तातेको छ । गरुडा नगरपालिकामा आमरण अनसनमा बसेका मेयर प्रत्यासी दिपक यादवका समर्थकहरु र प्रहरीबिच झडप भएको छ । झडप हुँदा यादवका समर्थकहरु प्रहरीमाथि ढुङ्गामुढा गर्दा तिन जना प्रहरी घाईते भएका छन् । प्रहरीको तर्फ बाट एक प्रहरी निरिक्षक,बरिष्ट प्रहरी हबलदार र एक जना हबलदार घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाका डिएपी छेदी लाल कामतीले जानकारी गराउनु भयो । प्रहरीमाथि ढुङ्गामुढा गरेका मध्ये ५ जना मानिसहरुलाई ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको डिएसपी कामतीले बताए । झडप पछि गरुडाको अवस्था तनावग्रस्त बनेको थियो । स्थिती नियन्त्रणमा लिनलाइ पाँच सेल अश्रु ग्यास प्रहार गर्नु परेको उनले बताए । यस विषयमा जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादव सँग बुझदा अनसन कर्ता दिपक यादवको समर्थकहरुले बाटो बलक गर्न खोज्दा र कानुन विपरीतका गतिविधी गर्न लाग्दा प्रहरी सँग झडप भएको बताए ।
झडपमा दुवै पक्षका केहि व्यक्तीहरु घाइते भएको जानकारी दिए । अनसनकर्ता दिपक यादवले आन्दोलनकारी उपर प्रहरीले अन्याय गरेको प्रतिक्रिया दिएका छन् । उता यादवका समर्थकहरु प्रहरीले दमन गरेको भन्दै टायर बालेर प्रर्दशन गरेका छन् । गरुडा नगरपालिकाका मेयर पदकाका प्रत्यासी दीपक यादवले नगरपालिका सँग विभिन्न १२ बुँदे माग राख्दै आमरण अनसन बसेका छन् । गरुडा नगरपालिकामा भएको भ्रष्टाचारविरुद्ध शिक्षा शाखा अगाडि नगरपालिकाकै छेउमा यादवले आइतबार रातिदेखि आमरण अनसनमा बसेका हुन् । मेयर प्रत्यासी यादवले शिक्षा क्षेत्रमा खर्च गरिएका विवरण तथा उपलब्धिहरु, बिजुली बत्ती र इन्टरनेट जडान भएको खर्चको विवरण र हालको अवस्था, स्वास्थ्य क्षेत्रमा गरिएका विवरण तथा उपलब्धिहरु, करारका कर्मचारी नियुक्तिपत्र र हाजिरी रजिस्टरको प्रतिलिपिका साथै तलब र पेश्कीको विवरण, पदपूर्ति समितिको निर्णय र छनोट प्रक्रियाको प्रतिलिपि, विकास कार्यका सम्पूर्ण योजनाको विवरणहरू र भुक्तानी गरेको सम्पूर्ण कागजातका प्रतिलिपिहरू, दर्ता चलानी किताबमा भएको पत्रहरूको प्रतिलिपिहरू, हालसम्म भएको खर्च रकमको शीर्षक सहितको मासिकवारी विवरणका प्रतिलिपि, नगरसभाका निर्णयको प्रतिलिपि, कोरोना पीडितलाई दिइएको रकमको विवरणका प्रतिलिपिहरु, नगरपालिकाको सम्पूर्ण बैंक खाता विवरण तथा नगरवासीको उपस्थितिमा गरुडा चिनीमिलको मैदानमा सार्वजनिक सुनुवाइ अविलम्ब हुनुपर्ने माग गरेका छन् । अनसनरत दिपक यादवको माग पुरा गर्न गरुडा नगरपालिकाको कार्यपालिकाले नै निर्णय गरेको छ ।