प्राइम खबर संबाददाता | चैत १३, २०७९ सोमबार

प्रेस मंच नेपाल रौतहटको प्रथम अधिवेशन सदरमुकाम गौरमा सोमबारका दिन सम्पन्न भएको छ। गौर स्थित रहेको जिल्ला बार एसोसिएसनको सभा हलमा जनता समाजवादी पार्टी नेपाल निकट  प्रेस मंच नेपाल रौतहटको प्रथम अधिवेशन मंचका केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघ रौतहट संस्थापक पत्रकार रबिन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा भएको हो।


प्रेस मंच नेपाल जिल्ला कार्यसमिति रौतहटले आयोजन गरेको अधिवेशनबाट किशोरी यादवको  अध्यक्षतामा  १५ सदस्यीय समिति चयन भएको हो ।



सो अधिवेशनबाट जिल्ला कार्यसमिति अध्यक्षमा किशोरी यादव ,उपाध्यक्ष - रश्मी पटेल ,अरविन्द कुमार यादव,ओम प्रकाश यादव,राजनारायण साह , सचिव-चन्दन कुमार महतो, सह सचिव- श्रीकान्त यादव, दिपक कुमार साह  , कोषाध्यक्ष-प्रेम यादव चयन भएका छन् भने  सदस्यहरुमा भूषण सिंह, प्रियंका सिंह, प्रदिप यादव, जितन हलचल, राजन साह, हनुमत यादव रहेका छन् ।



प्रेस मंच नेपाल रौतहटको उक्त प्रथम जिल्ला अधिवेशनमा कार्यक्रमको विशिष्ट अतिथिमा जनता समाजवादी पार्टी नेपाल केन्द्रीय सदस्य रामकिशोर यादव,केन्द्रिय सदस्य पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव,केन्द्रीय सदस्य एवं मधेश प्रदेश सदस्य  शोभा देवी साह, केन्द्रीय सल्लाहकार राघो राय यादव, जसपा रौतहट अध्यक्ष श्याम हारी यादव, प्रेम मंच नेपाल मधेस प्रदेश समिती अध्यक्ष अमरेन्द्र यादव, महासचिव बंदना झा, जसपा मधेस प्रदेश समिति सदस्य अध्यक्ष मोहम्मद अनवर हाश्मी ,संघिय शिक्षक फोरम नेपाल रौतहट अध्यक्ष कामेश्वर यादव लगायतको आथित्यतामा रहेको थियो । कार्यक्रमममा उपस्थित अथितीहरुले सम्पूर्ण नव निर्वाचित पदाधिकारीहरुको उन्नति प्रगतिको कामना सहित सफल कार्यकालको शुभकामना ज्ञापन गरेका थिए।