प्राइम खबर संबाददाता | चैत १४, २०७९ मंगलबार

प्रेमचन्द्र झा
राैतहट । सदर मुकाम गाैर स्थित गाैरी शंकर यादव क्याम्पसले विविएस चाैथो बर्षको परीक्षा चिट चाेराउन मात्र होईन डकैति गर्न नै छुट दिईरहेका छन ।  सो परिक्षाकेन्द्रको सामाजिक संजाल र टिकटकमा भाईरल भएको भिडियो र फोटोले परिक्षाको चिरहरण भएको जस्तो देखिएको छ । सोमबार विविएस चाैथाे वर्षको फन्डामेन्टल अफ काेरपाेरेट फाईनान्स (Fundamental Of Corporate Finance ·)परिक्षाको बाहिरी बाताबरण हेर्दा २०/२५ वर्ष पहिले भारत बिहारको भन्दा खतम सतरको परीक्षा हाम्रो नेपालमा भई रहेको प्रमाणित गराएका छन ।
त्रिभुवन विश्वविद्यालयसंग आवद्व क्याम्पसमा फाईनल परिक्षाको यो अवस्था हेरेर लाज मर्दाे बनाउने काम भएकाे हाे। यसरी सामाजिक सञ्जालमा छरपस्ट भएको उक्त परीक्षा समेत रद्द गर्न गौरका स्थानिय शिक्षक सन्तोष पाैडेलले माग गरेका छन् । सो  परिक्षा केन्द्रमा जिल्ला प्रहरी कार्यालय गाैरबाट आधा दर्जन टोली समेत परिचालन गरिएको भएतापनि मर्यादित वातावरणमा परीक्षा हुन नसकेको विद्यार्थीहरु स्वयं नैं बताउँछन् । परीक्षा केन्द्रका केन्द्राध्यक्ष , डिउटी खटेका प्रहरी टोली , विभिन्न गार्डकोको नाममा भत्ता खाने व्यक्तिलाई आवश्यक छानबिन गरि कडा कार्यवाही गर्न स्थानिय समेतले माग गरेका छन । उक्त गाैरी शंकर यादव कयाम्पसका व्यवस्थापन प्रमुख मोहन यादव संग सोध्दा भोली (चैत्र १४ गते) देखिको परिक्षा अनुशासित तवरले गराउने प्रतिवद्वता व्यक्त गरेका छन । गाैरी शंकर यादव कयाम्पस परीक्षा केन्द्रमा राैतहट जिल्लामा त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त जुद्व क्याम्पस गाैर, मध्य राैतहट क्याम्पस गरुडा, जयकिसान क्याम्पस धरहरि, कटहरिया क्याम्पस , जनज्योति क्याम्पस चन्द्रनिगाहपुर, लक्ष्मी श्री क्याम्पस समनपुर,बागमती क्याम्पस पिपरा भलोहिया र वाल्मीकि क्याम्पस गाैरको गरि करिब  ३ सय ५० जना विधार्थी परीक्षा दिईरहेकाे व्यवस्थापक यादवले जानकारी दिएका छन।