प्राइम खबर संबाददाता | चैत १६, २०७९ बिहिबार


रबिन्द्र यादव / नवलपरासी पश्चिम 
यहि चैत २२ गतेदेखि देशैभर सुरु हुन गइरहेको टाइफाइड रोगविरुद्धको खोप अभियान कार्यक्रम अन्तर्गत नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका भित्र रहेका सामुदायिक, निजी तथा धार्मिक मदरसाका बिद्यालय जाने र नजाने बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । यसैक्रममा प्रतापपुर वडा नं ५ स्थित बैदौली स्वास्थय चौकी र वडा नं ६ स्थित गुठी परसौनी स्वास्थ्य चौकीले टाइफाइड विरुद्धको खोप अभियान सफल बनाउन सरोकारवाला बिच आइतबार एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । 
यी दुबै वडा भित्र रहेका सम्पुर्ण विद्यालय जाने उमेर समुहका र बिद्यालय नजाने उमेर समुहका बालबालिकालाई खोप दिइने संबंधित स्वास्थ्य चौकीले बताएको छ । १५ महिना देखि १५ बर्ष उमेर समुहका सबै बालबालिकालाई खोप दिइने स्वास्थ्य शाखाले बताएको छ । बैदौली स्वास्थ्य चौकी अन्तर्गत बिद्यालय जाने र नजाने जम्मा १९ सय ३१ बालबालिकाहरुलाई खोप दिइने प्रमुख कौशल कुमार यादवले बताएका हुन यसैगरी गुठी परसौनी स्वास्थ्य चौकीका इन्चार्ज संजय कुमार महत्तोका अनुसार वडा नं ६ भित्र रहेका २३ सय ४ बालबालिकालाई टाइफाइड विरुद्धको खोप मात्रा दिइने छ । नवलपरासी पश्चिम जिल्लाको सातवटै स्थानिय तहमा ८६ हजार बालबालिकाहरुलाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय परासीले दिएको जानकारी अनुसार बिद्यालय र स्वास्थ्य चौकीलाई खोप केन्द्र स्थापना गरि १५ महिना देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई नछुट्ने गरि टाइफाइड रोगविरुद्धको खोप दिइने हो । नेपालमा पहिलोपटक टाइफाइड रोगविरुद्धको खोप लगाइने भएकोले यस अभियानलाई सफल बनाउन प्रतापपुर स्वास्थ्य शाखाले सबै सरोकारवालाहरुसंग सहयोगका लागि अनुरोध गरेको छ ।