प्राइम खबर संबाददाता | चैत १९, २०७९ आइतबार

रौतहटको ईशनाथ नगरपालिका ८ स्थित श्री रईस प्राथमिक विद्यालयको दुईकोठे पक्की  भवनको शिलान्यास गरिएको छ। आईतबार एक कार्यक्रमका बीच ईशनाथ नगरपालिकाका नगर प्रमुख कौशलया देवीले भवनको शिलान्यास गरेकी हुन् ।


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत श्री रईस प्राथमिक बिधालय मनसरीमा दुई कोठे पक्की भवनको शिलान्यास गरिएको बताइएको छ ।  उक्त भनबनको सिलान्यास कार्यक्रममा सो विधालयका छात्रछात्राहरुले मेयर कौशलया देवी र उपमेयर परवेज आलमलाई निर्वाचित भएकोमा सम्मान समेत गरेका छन् ।



उक्त २ कोठे पक्की भवन करिब १८ लाखको लागतमा निर्माण सम्पन्न हुनेछ । नगर भित्र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पक्कि भवन निर्माणतर्फ चालू आर्थिक वर्ष २०७९ /८० का लागि रईस प्राथमिक सामुदायिक विद्यालय छनौटमा परेका थिए । जसमध्ये सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुदेव झाका अनुसार ईशनाथ नगरपालिका वाड नम्बर ८ मा रहेको रईस प्रा.वि को २ कोठे पक्की भवनको शिलान्यास भएको छ ।
सरकारले सामुदायिक  शैक्षिक संस्थाको भौतिक संरचना विकास, सिकाइ वातावरण सुधार र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न योगदान गरी सार्वजनिक शैक्षिक संस्थालाई विद्यार्थीको सिकाइका लागि रोजाइको केन्द्र बनाउने उद्देश्यले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सहित कार्य संचालन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत झाले बताएका छन ।



मधेश प्रदेशमा १८० विद्यालयमा ४ कोठे भवन, १९७ विद्यालयमा २ कोठे भवन, २३५ विद्यालयमा आईसीटी ल्याब व्यवस्थापन, पाँच विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा चार वटा विद्यालय छनोट भएका छन् ।