प्राइम खबर संबाददाता | फागुन २७, २०७७ बिहिबार

रौतहट जिल्लाको  चन्द्रपुर न.पा.४ स्थित एक  घरमा अबैध रुपमा लुकाइ छिपाइ राखेको अबस्थामा साल जातको  ८८ थान चिरान १०५ क्युबफिट काठ  डिभिजन बन कार्यालय रौतहटबाट खटिगएका स.ब.अ.अमरदेब प्रसाद यादबको कमाण्डमा गएको गस्ती टोलिले बरामद गरेको छ । 
सहदेव हुमागाईको घरमा अवैध रूपमा लुकाई राखेको अवस्थामा सो परिमाणको काठ बरामद गरिएको डिभिजन बन् कार्यालय रौतहटले जनाएको छ ।



बुधबार सांझ ८:बजेको समयमा  घटनास्थलबाट दुई जना मानिस सहितलाइ पक्राउ गरि आवश्यक कारबाही को लागि डिभिजन बन् कार्यालय .रौतहटमा बुझाइएको छ । पक्राउ पर्नेहरुमा चन्द्रपुर नगरपालिका वडा नं ३ बस्ने चन्द्र बहादुर थिङ र दूखबहादुर थिङ रहेका डिभिजन बन् कार्यालय रौतहटका प्रमुख विनोद सिंहले बताए ।