प्राइम खबर संबाददाता | चैत २४, २०७९ शुक्रबार

रौतहटको गौर नगरपालिका वडा नम्वर १ स्थित एक घरमा प्रहरीले छापा मारेर यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा एक जोडीलाई नियन्त्रणमा लिएको छ ।
गौर नगरपालिकाको कार्यालय भन्दा पूर्वउत्तर तर्फको गल्लिमा संचालित साहिवा ब्यूटी पार्लर तथा साहिवा कोल्ड स्टोर्समा यौनजन्य गतिविधि संचालन भईरहेको स्थानीय बासिन्दाहरुको सूचना पश्चात प्रहरीले शुक्रवार दिउसो उक्त व्यटिपार्लरमा छापा मारेर यौन धन्धामा संलग्न एक महिला र राजपुर नगरपालिका १ घर भएका एक पुरुष व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
उक्त पार्लरको दुई वटा कोठामा यौनजन्य गतिविधि गराउनमा संलग्न साहिवा ब्युटी पार्लरको संचालिका समेतलाई प्रहरीले नियन्त्रणमा लिएकाे घटनास्थलका प्रत्यक्षदर्शी रहेका स्थानीयले बताएका छन् ।
पक्राउ परेका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरेपछि विस्तृत जानकारी दिने बताएको छ ।