प्राइम खबर संबाददाता | चैत २४, २०७९ शुक्रबार

आफ्नो सट्टामा नक्कली परीक्षार्थी राखेर एसइई परीक्षा दिन लगाउने रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालत गौरले शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । साहले आफ्ना ज्वाइँ रेडियो नेपाल बर्दिबासका इन्जिनियर कमल साहलाई राखेर आफ्नो परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका थिए। जिल्लामा नगर प्रमुख स्वयं आफैले खेताला परीक्षार्थी राखेर किर्ते काम गर्दा समेत पक्राउ गरी अनुसन्धान हुन नसकेको भन्दै चौतर्फी आलोचना समेत भएको थियो।