प्राइम खबर संबाददाता | चैत २९, २०७९ बुधबार
राैतहटकाे गरुडामा प्रहरी र स्थानियबिच झडप भएकाे छ । बुधबार रौतहटको गरुडामा लोसपा नेता दीपक यादब र उनका समर्थकहरुले गरुडा नगरपालिकामा ताला लगाउन पुग्दा प्रहरीले रोक्न खोजेपछि यादब र आन्दोलनकारी बीच झडप भएकाे हाे । यादवका समर्थकहरुले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिनको लागी पाँच राउन्ड हवाई फायर गर्नु परेकाे प्रहरीले जनाएकाे छ । विवादपछि तनावग्रस्त रहेकाे गरुडा अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीले बताएको छ। झडपमा गोलि लागेर गरुडा नगरपालिका वडा नं.५ स्थित लक्ष्मिपुर निवासी गजेन्द्र प्रसाद यादब गम्भीर घाईते भएका छन् । घाईते यादवलाई हेल्थ ल्यान्ड हस्पिटलमा प्रथमिक उपचार गरी थप उपचारको लागि बिरगंज पठाईएको प्रहरीले जनाएकाे छ । सो घटना बारे थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय गरुडाले बताएको छ ।