प्राइम खबर संबाददाता | बैशाख १, २०८० शुक्रबार
कपिलवस्तु जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा आज राष्ट्रपतिबाट विभूषित भएका छन् । हाल उनी रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत रहेका छन् ।
नेपाल राष्ट्रको गौरव एबम् नेपाली जनताको हित अभिवृद्धिमा उनले पुर्याएको योगदानको उच्च कदर गर्दै प्रजिअ मिश्र सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा विभूषित भएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजिअ मिश्र सहित ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित भएका छन् ।
२०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिबाट उक्त घोषणा भएको थियो ।
सोही अनुसार आज २०८० को बैशाख एक गते का दिन सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा आज राष्ट्रपतिबाट विभूषित दिईएको छ । यस्तै नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दिएको छ । यस्तै, राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने ‘आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित भएका छन् ।