प्राइम खबर संबाददाता | बैशाख १, २०८० शुक्रबार
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कान्तिपुरकर्मी शिव पुरी सुप्रबल जनसेवा श्री (पञ्चम श्रेणी) पदकद्वारा आज राष्ट्रपतिबाट विभूषित भएका छन् । उनी रौतहट जिल्लामा रहेर पत्रकारिताको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका छन् ।
नेपाल राष्ट्रको गौरव एबम् नेपाली जनताको हित अभिवृद्धिमा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको उच्च कदर गर्दै पत्रकार पुरी सुप्रबल जनसेवा श्री (पञ्चम श्रेणी) पदकद्वारा विभूषित भएका हुन् । संविधान दिवसको अवसरमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार पूरी सहित ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्न सिफारिस भए अनुसार
२०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिबाट उक्त घोषणा भएको थियो ।
सोही अनुसार आज २०८० को बैशाख एक गते का दिन सुप्रबल जनसेवा श्री (पञ्चम श्रेणी) पदकद्वारा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट विभूषित दिईएको छ । यस्तै नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दिएको छ । यस्तै, राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने ‘आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित भएका छन् ।