प्राइम खबर संबाददाता | बैशाख ४, २०८० सोमबार
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित बागमतीमा शवदाह स्थल निर्माण हुने भएको छ ।
चन्द्रपुर नगरपालिकाको ७५ लाख बजेट लागतमा बागमती खोला किनारमा तटबन्द सहितको शवदाह स्थलको प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमलसिना र चन्द्रपुरमा मेयर सन्जय काफ्लेले संयुक्त रुपमा सोमबार शिलान्यास गरिएको चन्द्रपुर १ का वडाअध्यक्ष बलराम राउतले बताए । व्यवस्थित शवदाह स्थल नहुदा नगरबासीले वर्षातको समयमा शव व्यवस्थापन गर्न सास्ती खेप्दै आईरहनुपरेको थियो ।
शबदाह गृह निर्माण हुने भएपछि शव व्यवस्थापनको समस्या अन्त हुने स्थानीय युवा रुपेश पण्डितले बताए ।