प्राइम खबर संबाददाता | बैशाख ७, २०८० बिहिबार

चन्द्रपुर नगरपालिकाले खाद्य भण्डार निर्माण कार्यको थालनी गरेको छ । बिहीबार नगरप्रमुख सञ्जय कुमार काफ्ले र उप प्रमुख जयमाला कुमारी चौधरीले उक्त खाद्य भण्डारको संयुक्त रुपमा सिलान्यास गरेका छन् ।


५ हजार मेट्रिक टन क्षमताको खाद्य भण्डार ८ करोड लागतमा चन्द्रपुर नगरपालिका वडा नम्वर १० स्थित बडेरबामा बन्न लागेको हो । निर्माण हुन लागेको खाद्य भण्डार प्रदेश कै सबैभन्दा ठूलो खाद्य भण्डार रहेको नगर प्रमुख काफ्लेले बताए ।



उक्त खाद्य भण्डार निर्माण कार्य गर्न एक वर्षको समयावधि रहेको भएतापनि निर्माण कम्पनीले ६ महिनामा नै निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य रहेको निर्माण व्यवसायी देवराज अधिकारीले बताए।



उक्त भण्डारको सिलान्यास कार्यक्रममा नगर उप प्रमुख जयमाला कुमारी चौधरी, वडा अध्यक्ष टंकेश्वर चौधरी, विष्णु प्रसाद उप्रेती, वडा सचिव सञ्जय चौधरी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो । आफूले उत्पादन गरेको अन्न, फलफूल लगायत नगदेबालीको उचित भण्डारण नहुँदा सस्तो मूल्यमा गल्ला भण्डारहरुमा बिक्री वितरण गर्नु पर्दा किसान मर्कामा पर्दै आइरहेको अवस्थामा ठूलो खाद्य भण्डार स्थानीय स्तरमा नै बन्ने भएपछि आफूहरु खुशी भएको स्थानीय कृषक राम प्रवेश चौधरीले बताए ।

YouTube video link https://youtu.be/fzcyx7TOdE0