प्राइम खबर संबाददाता | बैशाख ७, २०८० बिहिबार
रौतहटको बृन्दावन नगरपालिका बिश्रामपुरमा बिहीबार देखि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा उपसचिव ओमप्रकाश पाण्डे हाजिर भएका छन् ।
नगर प्रमुख विनोद प्रसाद कुर्मीले नगरपालिकाको कार्यालयमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेलाई स्वागत गरि सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् ।
नगरभित्रको विभिन्न समस्यालाई यथासिघ्र समाधान तिर लागेर समृद्ध नगर, विकसित नगर बनाउन अठोट यात्रालाई यहाँ रहेको सबै दलका नेता, कार्यकर्ता, बुद्धिजीवी, पत्रकार, स्थानीय लगायत संग हातेमालो गरि अगाडि बढ्न समेत उनले आग्रह गरेका छन् । केही महिनादेखि सो नगरपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलले आर्थिक अनियमितता गरेको र नगरपालिकालाई नै भ्रष्टाचारको दल दलमा फसाएको भन्दै स्थानीय राजनीतिक दलले विरोध गर्दै आएका छन्। पाण्डेको आगमन सँगै नगरपालिकाको समस्या समाधान हुने स्थानीय रुपेन्द्र पटेलले बताए।
बृन्दावन नगरलाई जिल्लाकै नमुना नगर बनाउन एक-एक कदम आफ्नो व्यक्ति स्वार्थबाट पछाडि हटेर सर्वदलीय सहकार्य आवश्यक रहेको हुँदा स्थानीय नेताहरू नगरको विकास काममा साझा बिचार बोकेर आउन नगर प्रमुख कुर्मीले आवहान समेत गरेका छन्।