प्राइम खबर संबाददाता | बैशाख ८, २०८० शुक्रबार

रौतहट स्थित चन्द्रपुर नगरपालिका संग विविध सूचनाको माग गरिएको छ ।


नगरपालिकाको पछिल्लो गतिविधि र विविध विषयवस्तुको बारेमा जनतालाई समेत जानकारी गराउने उद्देश्यले संविधानमा भएको अधिकारीको सदुपयोग गर्दै सूचना माग गरिएको निवेदन कर्ता सन्तोष काफ्लेले बताए ।



शुक्रबार नगर कार्यपालिकाको कार्यालयमा स्थानीय युवाहरुको समूह बीच पुगी नगरपालिकाका सूचना अधिकारी भरत श्रीवास्तव समक्ष विभिन्न ९ बुँदा सूचना माग गर्दै निवेदन पेश गरिएको निवेदक काफ्लेले बताए ।



संविधानमा उल्लेख रहेको धारा २७ को सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा अनुसार माग भएको सूचना सम्बन्धित निकायले १५ दिन भित्रमा सूचना उपलब्ध गराउनुपर्ने व्यवस्थामा उल्लेख रहेको छ ।