प्राइम खबर संबाददाता | बैशाख १२, २०८० मंगलबार
चितवन २को उपनिर्वाचनमा शानदार जीतको नजिक पुगेका रवि लामिछानेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने बताएका छन् । चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने बताएका हुन् ।
वर्तमान सरकारले विगतका भ्रष्टाचारको विषयमा छानबिन गर्न चासो नदेखाएकाले सरकारलाई समर्थन गरिरहनुको अर्थ नरहेको उनको भनाइ छ । साथै भ्रष्टाचारविरुद्ध शसक्त रुपमा उभिने आफ्नो एजेन्डालाई जनताले अनुमोदन गरेको समेत उनले बताए ।
अन्तिम चरणको मत गणना चलिरहँदा लामिछानेकोे जित निश्चित जस्तै बनेको छ । पछिल्लो मतपरिणामअनुसार निकतटम् प्रतिस्पर्धी कांग्रेसका जीतनारायण श्रेष्ठलाई ३६ हजारभन्दा बढी मतले पछि पारेका लामिछानेको जित निश्चित जस्तै बनेको छ ।