प्राइम खबर संबाददाता | बैशाख १२, २०८० मंगलबार
आईतबार सम्पन्न प्रतिनिधि सभाको उप निर्वाचनमा सर्वाधिक मतान्तरले चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उम्मेदवार रवि लामिछाने विजयी भएका छन् ।
मंगलबार सम्पन्न मतगणना पश्चातको अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता महागठबन्धनका जीत नारायण श्रेष्ठले ११ हजार २ सय १४ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका राम प्रसाद न्यौपानेले १० हजार ९ सय ६३ मत प्राप्त गरेका छन् । यसैबीच लामिछानेले सबैभन्दा बढी मतान्तरले विजयी हुने सांसद्को रेकर्ड समेत कायम गरेका छन् । उनको मतान्तर ४३ हजार ६२ रहेको छ ।
चितवन क्षेत्र नं २ मा गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा पनि भारी मतले विजयी भएका लामीछाने नागरिकता विवादमा मुछिएपछि अदालतको फैसला पछि पदमुक्त भएका थिए । निर्वाचित भएका थिए । सभापति लामिछाने पदमुक्त भएसँगै सो क्षेत्रमा प्रतिनिधि सभा सदस्य रिक्त भएपछि उप निर्वाचन भएको हो । उनले विगतमा आफ्नो कीर्तिमानी ब्रेक गर्दै सर्वाधिक लोकप्रिय मतका साथ विजयी भएका हुन् ।