प्राइम खबर संबाददाता | बैशाख १३, २०८० बुधबार
बारा–२ को उप-निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन । यादव ५ हजार ८१ मतान्तर सहित विजयी भएका हुन । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन । उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका शिवचन्द्र कुशवाहलाई हराउँदै यादबले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहले २३ हजार ३ सय ३४ मत प्राप्त गरे । तेस्रो भएका एमालेका पुरुषोत्तम पौडेल १०हजार २ सय १६ मतमा सीमित रहे । यस्तै रास्वपाका रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरेका छन् ।