प्राइम खबर संबाददाता | बैशाख १६, २०८० शनिबार

 रौतहट मुलुकमा संघीयता पछि स्थानिय निकाय गठनभएको गाउँ गाँउमा सिंहदरवार आएको अर्थात स्थानिय सरकार सञ्चालन भएकोे झन्डै ६ वर्ष पुग्न थालेको छ। तर स्थानिय निकायका विभिन्न दलसंग आबद्ध प्रतिपक्षको नेताहरुले आफ्नो भूमिकाको महत्व बुझ्नै सकेका छैनन। कटहरिया नगरपालिकामा प्रतिपक्षको भूमिका सुन्य भएकै कारण मेयर अजयप्रकाश जैसवालले करोडौं रुपैयाँ अनियमितता भएको दाबी स्थानीयले गरेका छन् । गत स्थानिय निर्वाचनमा नेपाली कांग्रेस बाट मेयरमा जयप्रकाश जैसवाल र उपप्रमुख रिता देवी यादव निर्वाचित भएका थिए। निर्वाचनको परिणाम पछी  मेयर प्रत्याशीहरु  सियाराम कुशवाहा,  नसरुदिन अंसारी सङ्गै झन्डै आधादर्जन उपप्रमुखका प्रत्यासीहरु समेत गुमनाम बनेका छन्। कटहरियामा प्रतिपक्षको भूमिका सुन्य भएर मेयर जैसवालले मनपरी गर्दा नगरको अवस्था पूर्णरूपमा दयनीय वनेको स्थानियहरुले बताएका छन। मेयर जैसवालले बहुमतकै दम्भमा  कांग्रेसका ४ जना वडा अध्यक्ष वाहेक ५ वटा वडामा वजेटको सिलिङ वितरणमा ठूलो भेदभाव गरेका छन । कांग्रेस नेतृत्वको ४ वटा वडामा ५० लाखको दरले बजेट निर्धारण गर्दा वडा १,२ ,३,४,र ६ मा मात्र १५ लाख छुट्याएको कारण वडा अध्यक्षहरु भूपेन्द्र कुशवाहा,हरेन्द्र साह, श्यामाकान्त यादव, चन्दन कुशवाहा र जयराम चौधरीले बजेट नै बहिष्कार गरेका छन। मात्र १५ लाख रुपैयाँमा वडाको विकास असम्भब रहेको कारण बहिस्कार गरिएको वडा ४ का अध्यक्ष चन्दन कुशवाहा बताउँछन् । कटहरीयामा ५ वटा वडा संगै एउटै पार्टीबाट निर्वाचित समेत रहेकी उपप्रमुख रिता देवी यादवलाई पनि बजेट वितरणमा  बाईपास गरिएको छ। मेयर जैसवालले स्वयं करोडौंको बजेट सञ्चालन गर्दा उपमेयर यादवलाई न्यून रकम विनियोजन गर्न खोज्दा स्वीकार नभएकाे बताएकी छिन्।  पूर्व मेयर सियाराम कुशवाहाको कार्यकाल देखि कटहरीया नगरपालिकाले दिंदैआएको सुविधाहरु मेयर जैसवालको कार्यकालमा कटौती गरिएको छ। विगतमा निशुल्क रहेको खानेपानी,मालपोत, विद्युत महसल लगायतको अहिले जनताले शुल्क तिरिरहेका छन। यस्ता विषयमा पनि कुनै प्रतिपक्षले आवाज उठाउने आँट नगरेकै कारण मात्र १ बर्षको अबधिमा करोडौं रुपैयाँ अनियमितता भएको सार्वजनिक भएको आरोप चौतर्फी रूपमा रहेको छ। पछील्लो १ वर्ष मौन बसेका जनप्रतिनिधिहरु कटहरिया नगरपालिकाको अवस्था हेरेर अब  विरोध गर्न सुरू गरेको बताऊछन।
ईन्धन, ग्रेभल, डिपिआर, जस्ता योजनाको नाउँमा मेयर जैसवाल, कर्मचारी र केही राजनीतिकर्मी तथा मेयरको आसपासे मिलेर करोडौं रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै आलोचना सुरु भएको हो। कटहरियाकी उपप्रमुख रिता देवी यादवको श्रीमान जवाहर यादवले मेयर जैसवाललाई भ्रष्टाचारीको सङ्ग्या दिंदै नगरपालिकबाट बहिष्कार गर्नु पर्ने बताएका छन। उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन । "मेयर भ्रष्टाचारी ले राजनीति कर्मी र कर्मचारी मिली  नगरपालिका मा भएका बजेट वडामा लाई कटौती गरी मेयर भ्रष्टाचारी ले इन्धन, ग्रेभल,र अन्य शिर्षक बनाई पैसा लुटी लागिपरेका छन्। उनले नगरपालिका लाई मेयर भ्रष्टाचारी ले आफ्नो घरको दारु, भट्टी सम्झेको टिप्पणी गरेका छन। मेयर जैसवालले वडा १ देखि ९ सम्म बाटो ग्रेभलको नाउँमा ४९ लाख,३९ हजार,९९७ रुपैया, सवारीसाधन मर्मतमा २५ लाख, नास्तामा १९ लाख, ईन्धन खर्चको नाउँमा ६७ लाख,८३ हजार,९३ रुपैया, डिपिआर शीर्षकमा ७५ लाख,६२ हजार,२९८ र कर्मचारीलाई प्रोत्साहन भत्ताको नाउँमा १२ लाख रुपैयाँ खर्चको विवरण उपमेयर का श्रीमान जवाहर यादवले बताएका छन । त्यसैगरी कटहरिया ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले पनि मेयर अजय प्रकाश जैसवालको एकबर्षको गतिबिधि बारे  विभिन्न  विश्लेषण र टिप्पणी गरेका छन।
स्थानिय चुनाब सम्पन्न भएको वर्ष दिन बित्दा पनि कटहरिया बजारको धूलो  ब्य्वस्थापन हुन नसक्नु, दक्ष शिक्षक, स्वास्थ्यकर्मी, सफाइ कर्मी लाई हटाइ आफ्नो आसे-पासे, बडिगार्ड हरु लाई नियुक्ती दिनु,कार्यक्रम नै नगरी आफू र आफ्नो आसे पासे लाई बजेट रकम बाँड्नु, इन्धन खर्चको नाममा ब्रहम लुट,त्यस्तै संघीय सरकार र प्रदेश सरकारको बजेट आफ्नो आसेपासे लाई दिई कामै नै नगरी बजेट निकाशा गर्न लाग्नु,वडाको बजेट  सिलिङ गर्दा अनुहार र पार्टी हेरेर बाड्फाड, गरिब, असहाय, बिपन्न, दलित बर्गको लागि कुनै ठोस योजना लागू नहुनु, निसुल्क राजस्वहरुमा विभिन्न किसिमको कर लगाइ जनताको ढाड सेक्ने काम गर्नुले अब चुप लाग्ने स्थिति नगरेको हुँदा नगरबासिले बिचार गर्नु पर्ने बेला आएको नस्रुदिन अन्सारी बताउँछन् । कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले ईन्धनमा खर्च रकम बढी भएको स्वीकार गर्दै आएका छन् । नगरपालिकाले डिपिआर शीर्षकमा मात्र ५० लाख रुपैयाँ छु्याएकाले भने अनूसार खर्च नभएकाे प्रतिक्रिया दिएका छन्। त्यसैगरी अन्य खर्च बारे नियमानुसार नै भएको अधिकृत साहको दाबी रहेको छ । गत संसदिय निर्वाचनमा मेयर जयप्रकाश जैसवालका बुवा ओमप्रकास जैसवाल प्रतिनिधि सभाको उमेदवार बनेर चुनाव लडेका थिए। उक्त निर्वाचनमा प्रचार प्रसारमा खटेका कार्यकर्तालाई मेयर जैसवालले कटहरिया नगरपालिकाको कुपनबाट तेल वितरण गरिरहँदा ठूलो बवाल भएको थियो। सोही चुनावमा वितरण गरिएको तेल समेत देखाईएकाले मात्र ११ महिनाको अवधिमा ईन्धनमा झन्डै ६८ लाख रुपैयाँ खर्च देखाइएको हुँदा त्यमा अनियमितता भएको वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले दाबी गरेका छन।