प्राइम खबर संबाददाता | बैशाख १५, २०८० शुक्रबार
बृन्दावन नगरपालिकामा दलित सामुदायिक भवनको शिलान्यास कार्य गरिएको छ । बृन्दावन नगरपालिका वडा नम्बर ८ बहुवरी टोलमा बिहीबार एक कार्यक्रम बिच दलित सामुदायिक भवनको शिलान्यास गरिएको हो ।
वृन्दावनमा समाजलाई एकढिका बाध्न चौतर्फी विकास कार्यलाई मुल्यांकन गरि भौतिक संरचना निर्माण सहित धमाधम भौतिक संरचना अगाडि बढिरहेको स्थानीय रुपेन्द्र पटेलले बताए।
बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले वडा नं. ८ बहुवरीमा ३० लाखको लगानीमा निर्माण हुने सामुदायिक भवन शिलान्यास गरेका हुन । तोकिएको समय अवधि भित्र निर्माण कार्य सम्पन गर्ने गरि शिलान्यास कार्य गरिएको मेयर कुर्मीले बताए । मेयर कुर्मीले सामुदायिक भवन बनेपछि त्यस घना दलित बस्तीमा विवाह, ब्रतबन्ध, उत्सवमा वा कुनै कार्य गर्न भवनको अभाव भईरहेको महसुस गरी सामुदायिक भवन निर्माण गर्न लागेको उनले बताए ।
मधेश प्रदेश सरकारको प्राप्त योजनाबाट २ कोठे भवन सुविधा सम्पन्न निर्माण हुन लागेको उनले बताए ।
बृन्दावन नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रवीन्द्र कुमार साहको अध्यक्षता र नगरपालिकाका मेयर कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा वडा सदस्य, बुद्धिजिवी, स्थानीय, राजनितिककर्मी, पत्रकार लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।