सन्तोष काफ्ले | बैशाख १६, २०८० शनिबार

 नेपाली सेना वीर दल गण राैतहटले  आयोजना गरेको स्वास्थ्य शिविरमा  ७ सय १४ जनाले निशुल्क रुपमा उपचार पाएका छन । चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित शिवशक्ती आधारभुत विधालय मोतिपुरमा भएको स्वास्थ्य शिविरमा  जिल्लाका उतरी भेगका  बिभिन्न  राेगका  बिरामीको  निशुल्क उपचार तथा आवश्यक औषधि बितरण गरिएको  हाे । शिविरमा ५६ जना बाल वालिका , ५९ महिला  , २ सय ९६ आखा रोगी , र २ सय ३ जना जनरल ओपिडी विरामी गरि ७ सय १४ जनालाई  उपचार  गरिएको  नेपाली सेना वीर दल गण राैतहटका गणपति  प्रमुख सेनानी गंगा बहादुर बिष्टले बताए । शिविरको उदघाटनको अवसरमा नेपाली सेनाको २८ नम्बर वाहिनीपति सानू काजी थापा  ,चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्ले , प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र , प्रहरी उपरीक्षक वीर बहादुर बुढामगर, सशस्त्र प्रहरी उपरीक्षक माधव घिमिरे ,राष्ट्रिय अनुषन्धानका प्रहरी उपरीक्षक चन्दन झा सहितका कार्यालय प्रमुख तथा  स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको गणपति बिष्टले बताए । विहान ०७ बजे देखि शिविर  सुरु भई सांझ ०५ बजे सम्म संञ्चालन भएकाे थियो ।सो  स्वास्थ्य शिविरमा  चन्द्रपुर नगरपालिका , प्रादेशिक अस्पताल गाैर , रेडक्रस सोसाइटी , औषधी व्यवसायी संघ, प्रभु बैक, ग्रामीण विकास केन्द्र सहितकाको सहयोग रहेको गणपति प्रमुख सेनानी विष्टले बताए ।