प्राइम खबर संबाददाता | फागुन २९, २०७७ शनिबार

रौतहटको चन्द्रनिगाहपुरमा जारी तेश्रो बाल निकेतन कप नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि आज आयोजक बाल निकेतन मावि चन्द्रपुर रौतहट र सन्साइन इंग्लिश स्कूल बर्दिबास महोत्तरी बीच प्रतिस्पर्धा हुँदै छ । 
चन्द्रनिगाहपुर स्थित स्व.शेर बहादुर स्मृती खेलमैदानमा शनिबार दिनको ठीक २ बजेबाट प्रतियोगिताको उपाधि का लागि दुवै टिम बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार नगद,दोश्रो हुने टिमलाई १५ हजार नगद,मेडल,प्रमाणपत्र,ट्रफी प्रदान गरिने छ भने प्रत्येक म्याचका म्यान अफ दि म्याचलाई १ हजार नगद,विभिन्न ८ बिधामा उत्कृष्ट हुनेलाई जनही २५ सय,प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई नगद ५ हजार सहित मेडल,प्रमाणपत्र र ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।