प्राइम खबर संबाददाता | बैशाख २२, २०८० शुक्रबार

रौतहटमा युवकको कुटपिटमा परी एक महिला घाइते भएकी छिन् । महिला माथि गलत मानसिकताका साथ नजर लगाउदै 'नक' हिर्काएर युवकले कुटपिट गरेका हुन् । चन्द्रपुर नगरपालिका वडानं १० बालचनपुर घर भएका स्थानीय रामज्योदी पासवानको छोरा विजय पासवानले गाँउकै एक ३२ बर्षकी बिवाहित महिलामाथि बिहिबार दिउसो लछारपछार गर्नुका साथै निर्घात कुटपिट गरेका हुन । कुटपिटबाट घाईते महिलाको अहिले चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रा.ली.मा उपचार भईरहेको छ । राजनैतिक संरक्षणमा महिलामाथि हिंसा जन्य गतिविधि गर्दे आएका पासवानले महिला माथि गरेको कुटपिटको बिषयमा पिडितले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उजुरी दिएको भएपनि पासवानलाई अझै प्रहरीले पक्राउ गर्न नसकेको पीडित परिवारको भनाइ रहेको छ । बिहिबार वडा कार्यालय जादै गरेकी महिलालाई बालचनपुर र बिर्ता बजार बिचको बाटो नजिकै पर्ने एकान्त स्थानमा पासवाले जवरजस्ती गर्न खोजेका थिए । महिलाले प्रतिवाद गरेपछि बिजय पासवालले निर्घात कुटपिट सँगै हातमा ' नक ' (फलामको हातमा लगाउने हतियार) लगाएर टाउको लगायत भागमा कुटपिट गरेका हुन् ।