प्राइम खबर संबाददाता | बैशाख २५, २०८० सोमबार

रौतहटको कटहरिया नगरपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।
सोमबार कटहरिया नगरपालिका -५ स्थित स्वास्थ केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको उद्घाटन एक कार्यक्रमको बीच गरिएको छ ।
कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश र नगर उप प्रमुख रिता देवि यादवले संयुक्त रुपमा सर्पदंश उपचार केन्द्रको उद्घाटन गरेका छन ।
कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहले नगरपालिकाको व्यवस्थापनमा सर्प दंश केन्द्र सञ्चालन हुने बताए ।
सर्पदंश उपचार केन्द्र स्थापना भएसँगै सर्पले टोकेका बिरामीलाई उपचारका लागि वीरगञ्ज , गौर,वा चितवन को भरतपुर लैजानु पर्ने बाध्यता हटेको नगर प्रमुख अजय प्रकाशले बताए ।
उपचार केन्द्र उद्घाटन कार्यक्रममा कटहरिया नगरपालिका -५ का वडा अध्यक्ष सर्फलाल गुप्ता ,स्वास्थ्य संयोजक,कर्मचारीहरुको उपस्थिति रहेको थियो ।