प्राइम खबर संबाददाता | बैशाख २७, २०८० बुधबार
प्रभु साह नेतृत्वको आम जनता पार्टी आजपाको सर्लाही जिल्ला कमिटीको आयोजनमा आयोजित प्रथम जिल्ला भेला ईश्वरपुर नगरपालिकाको बयलबासमा सम्पन्न भएको छ ।
देशमा भैईरहेको सर्वदलीय भागबन्डा, बेथिति र विभेदको विरुद्ध शशक्त संघर्ष गर्दै अगाडि बढ्ने संकल्प सहित सानदार जनसहभागिताका साथ हर्षोल्लास पूर्वक सभ्य एवं भव्य रूपमा उक्त कार्यक्रम सु-सम्पन्न भएको आजपाले जनाएको छ ।
सो जिल्ला भेला मार्फत प्रतिनिधि सभा सदस्य पदका प्रत्याशी एवं माओवादी केन्द्रका नेता विन्दु शाह, मेयर प्रत्याशी एवं नेपाली कांग्रेसका नेता महेश साह, जसपाका सुरेश यादव, लोसपाका रामबाबू साह लगायत विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा आजपा पार्टी प्रवेश गरेका बालकृष्ण सापकोटाले बताए । पार्टी प्रवेश गरेका नवप्रवेशी नेताहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष साहले थप उज्जवल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका सापकोटाले जानकारी दिएका छन् ।