प्राइम खबर संबाददाता | बैशाख २९, २०८० शुक्रबार
रौतहटको राजपुर नगरपालिका वाड नम्बर ५ बाट नेपाल प्रहरीले युरिया मल बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा भारी मात्रा युरिया मल बरामद गरिएको रौतहटका प्रहरी निरीक्षक दिनेश कुवरले जानकारी दिएका छन् ।
शुक्रबार करिब दिउँसो राजपुर नगरपालिका-५ स्थित स्कुल चौकका विभिन्न स्थानमा लुकाइ छिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको उनले बताए ।
नेपाल प्रहरी रौतहटले बरामद गरेको युरिया मल आवश्यक अनुसन्धानको लागि रौतहट भन्सार कार्यलयमा लैजाने तयारी रहेको उनले बताए।