प्राइम खबर संबाददाता | जेठ ३, २०८० बुधबार

रौतहट जिल्लाको बृन्दावन  नगरपालिका स्थित  देवीमाई चौक देखि बरगजवा जाने मुख्य सडकको सिलान्यास कार्य सम्पन्न भएको छ । 


 १० करोडको लागतमा ४ किलोमिटर सडक कालोपत्रे हुने बताइएको छ । बुधबार रौतहट क्षेत्र नम्बर ४ का संघीय सांसद देव प्रसाद तिमल्सिनाले सो सडक निर्माणको  सिलन्यास गरेका छन् । 



केशरी वस्त्र पहिरिएर बुधबार सिलान्यास गरेका सांसद तिमल्सिनाले उक्त सडक निर्माणपछि सो क्षेत्रका जनताले भोग्दै आउनुपरेको सडक समस्याबाट मुक्त हुने बताएका छन्। सडकनिर्माणको जिम्मेवारी पाएको आश्रय निर्माण सेवाले सो सडकको काम सुरु गरि समयमा नै काम सम्पन्न गर्ने लक्ष्य राखेको बताएको छ।



 सो सिलान्यास कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति तथा बृन्दाबनका नगरपालिका पुर्व मेयर  रामस्नेही राय यादव , निर्माण कम्पनीका प्रतिनिधिहरू,पुर्व वडाअध्यक्षहरु सहित  स्थानीयहरुको समेत उपस्थिती रहेको सुमन गौतमले बताए । उक्त सडक बन्ने भएपछि वर्षातको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर हिड्नु पर्ने समस्याबाट मुक्त हुने हुँदा स्थानीयहरु समेत खुशी भएका  छन् ।