प्राइम खबर संबाददाता | जेठ ४, २०८० बिहिबार
स्वतन्त्र सांसदले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा आफूहरूले पनि प्रश्न सोध्न पाउनुपर्ने अडान राखेपछि प्रतिनिधिसभा बैठकको सुरुमै नियम निलम्बन गरिएको छ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ को ५ मा भएको व्यवस्था निलम्बन गरिएको हो। जसमा ‘प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा पन्ध जना सदस्यले मात्र प्रश्न सोध्न सक्ने’ व्यवस्था छ।
संख्या बढी हुने भएपछि यो नियम निलम्बन गर्नुपर्ने अवस्था आएको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नियम निलम्बनको प्रस्ताव पेस गरेका थिए।
त्यसपछि नेकपा एमालेका सचेतक महेश बर्ताैला र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सो प्रस्तावमा समर्थन गरेपछि अहिले प्रधानमन्त्रीसँग प्रश्नोत्तर चलिरहेको छ।