प्राइम खबर संबाददाता | जेठ ८, २०८० सोमबार

रौतहटको चन्द्रनिगाहपुर स्थित माछापुच्छ्रे बैक लिमिटेडको शाखाबाट एक सेवाग्रहीको खाताबाट ९ लाख रकम गायब भएको छ । आईतबार चेक साट्न गएका बृन्दावन नगरपालीका वाड नं. ३ का रामेश्वर राय यादबको खाताबाट रहस्यमय तरिकाले रकम ९ लाख गायब भएको हो । अघिल्लो दिन सम्म उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो । आइतबार उनी ८ लाखको चेक लिएर बैक गएका थिए ।


बिहिबार बिहान उनले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमा जम्मा गर्न चेक दिएका थिए । शुक्रबार दिउसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाईलमा म्यासेज समेत आएको यादबले जानकारी दिएका छन । आईतबार ८ लाखको चेक लिएर साट्न गएका यादबको खाताबाट ९ लाख पैसा गायब भएको बैंकका कर्मचारीले जानकारी दिए पछि यादब चकित भए ।



त्यसपछि उनी बैंकको शाखा प्रमुख रामजी दासलाई भेटर खाताबाट कसरी पैसा गायब भयो भनेर सोध्न थाले । प्रमुख दासले सहजै ह्याकरले पैसा लगेको जवाफ दिए । सेवाग्रहीको खाताबाट रकम गायब भएको जानकारी पाए पछि पनि प्रमुख दास जिम्मेवारीबाट पन्छिन खोजेका छन् । दासले खातावालाई 'कसले पैसा निकाल्यो त्यो आफै पत्ता लगाउनु' भने पछि बैंकमा पिडितका आफन्तले वादविवाद गर्दा केही बेर तनाब सृजना भएको थियो । साझ सम्म पिडितका आफन्तहरु ठुलो संख्यामा बैंकमा जम्मा भएका छन् ।



ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरीको टोली पुगे पछि घट्नाको विस्तृत अनुसन्धान थालेको जनाएको छ । पिडित यादबले बैंककै कर्मचारीको मिलोमतोमा पैसा गायब भएको आरोप लगाएका छन् । उनी भन्छन "मेरो खाताबाट पैसा गायब भएको भनेर बिहानै जानकारी गराउदा समेत बैंक प्रमुख दासले बेवास्ता गरे" उनले गुनासो गरे ।

उनको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाईल प्रयोग गरि फोन पे र ईसेवा मार्फत रकम निकालेको पाइएको छ । यादबको खाताबाट निकालेको रकम सिटिजन बैंक, सानीमा बैंकमा ट्रान्सफर भएको प्रमुख दासले जानकारी दिए । बैंक स्टेटमेन्ट माग्दा समेत बैंकले आनाकारी गरे पछि शंकाको घेरामा राख्दै गायब भएको पैसा खोज्न दबाब दिएको हो । ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपि एकनारायण कोईरालाले यादबको खाताबाट रकम गायब भएको बारे अनुसन्धान थाल्ने बताएका छन् ।