प्राइम खबर संबाददाता | जेठ २२, २०८० सोमबार

सुब्बा कार्की


चन्द्रनिगाहपुर खानेपानी संस्थाको निर्वाचनमा अध्यक्ष पदका  उम्मेदवार रहेका सन्तोष काफ्लेले आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छन् ।



२७ गते शनिबारका दिन तोकिएको निर्वाचनमा अध्यक्ष उम्मेदवार रहेका काफ्लेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफूले चुनावी प्रक्रियामा सहभागी नहुने बताउदै उम्मेदवारी निष्क्रिय गरेको बताएका छन् ।



चुनावी अभियानमा आफ्नो न्यूनतम साझा कार्यक्रम समान रहेको हुँदा अध्यक्ष पदका उम्मेदवार किशोर प्रसाद उपाध्यायलाई आफ्नो समर्थन रहेको बताएका छन् । दुई प्यानल बीचको प्रतिस्पर्धामा उपाध्यायको प्यानल झन बलियो भएको हुँदा निर्वाचन परिणाम सहज रूपले आफ्नो प्यानलको  पक्षमा हुने सचिव पदका उम्मेदवार अब्देशहरी भट्टराई बताउँछन् । यसैबीच संस्थाको सचिव पदमा उम्मेदवारी दिएका मनोज तिमल्सिनाले पनि आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् । उनले निर्वाचन समिति समक्ष निवेदन पेश गरेर आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै चुनावी वातावरण सिर्जना गर्न मार्ग प्रसस्त गरेको बताएका छन् । चन्द्रनिगाहपुर खानेपानी संस्थाको निर्वाचनमा लेखनाथ कोइराला र किशोर कुमार उपाध्ययको प्यानल बीच मात्र प्रतिस्पर्धा हुने भएको छ। 

सोमबार प्रकाशित प्रेस विज्ञप्तिकाे व्यहोरा यसप्रकार रहेकाे छ । "चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभामा हुने निर्वाचनको विषयले सिंगो चन्द्रनिगाहपुर तातेको कुरा सर्वविदित नै छ । संस्थामा विगतमा भएका अनियमितताको कुराले गर्दा सार्वजनिक संस्थाको हिसाब किताब पारदर्शी र व्यबहारीक हुनु पर्दछ र संस्थामा विगतका समितिले गरेको कार्यसम्पादन शैली ठिक नभएको साधारण सभामा उपस्थित आम उपभोक्ताको ठहर रहेको हुदा संस्थालाई डुब्न नदिनु आफ्नो पनि दायित्व सम्झेर चुनावी प्रतिस्पर्धामा भ्रष्टाचार बिरुद्धको अभियानकर्ताको रुपमा आफू अध्यक्ष पदमा उम्मेदवारी दिएको कुरा यहाहरुलाई अबगत नै छ । तसर्थ, आउदो २७ गते हुने निर्वाचनमा भ्रष्टाचार र अनियमितताको बिरुद्ध समान उद्धेश्य र धारणा चुनाबी भएका उम्मेदवारहरु र सो प्यानलसंग आफ्नो न्यूनतम साझा एजेन्डा प्रतिबद्धताहरु मेल खाएको हुँदा बिगतमा भएका अनियमितताहरू छानबिन गरी दोषी ठहरीएका लाई कारबाहिको दायरामा ल्याई बाकि प्रक्रिया अघि बढाई जनतामाझ स्वच्छ खानेपानीको पहुँच सर्बसुलभ रुपमा उपलब्ध गराउने प्रतिबद्धतामा बचनबद्धतामा समान धारण रहेका अध्यक्ष पदका अर्का उम्मेदवार किशोर प्रसाद उपाध्याय (हाँस छाप) लाई समर्थन जनाउदै आजैको मितिबाट आफ्नो उम्मेदवारी निष्क्रय पार्दै उम्मेदवारको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको स्वघोषणा गर्दछु । साथै, निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन मण्डल, आम उपभोक्ता र चुनाबी प्रतिस्पर्धामा रहेका दुवै प्यानलका उम्मेदवारहरुको भुमिका महत्वपूर्ण हुने विश्वास समेत लिएको छु ।" उनले बताए ।