प्राइम खबर संबाददाता | जेठ २३, २०८० मंगलबार

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको विभत्स हत्या भएको छ। प्रतापपुर गाउँपालिका वडा नं ८ मजुवा मर्चहवा बस्ने ५३ वर्षीय साधु भनेर चिनिने तीलकराज भेडिहार  र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएकाे छ । सोमबार राति टाउकोमा धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या भएको हाे ।


प्रतापपुर गाउँपालिका कै बैरियामा रहेको घरमा छोरीछोरीहरू बस्दै आए पनि उनीहरू भने गाईवस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए । सोही गोठमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ । हत्या भएपछि उनीहरूको शव आँगन देखि १०/१५ मिटर सम्म फालिएको थियो ।  खेतीपाती गर्दै आएका दम्पतीको कसले हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको नवलपरासी प्रहरीले जनाएको छ।