प्राइम खबर संबाददाता | जेठ २५, २०८० बिहिबार

चन्द्रनिगाहपुर खानेपानी संस्थाको शनिबार हुने निर्वाचनको सरगर्मी बढ्दै गएको छ । संस्थाको नेतृत्व चयनको लागि दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।


भ्रष्टाचारी विरोधी बाम लोकतान्त्रिक समूहबाट किशोर प्रसाद उपाध्याय हाँस चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । उपाध्यायको प्यानललाई नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलको समेत समर्थन रहेको छ । उता राष्ट्रिय स्वतन्त्र पार्टीले अध्यक्षमा आफ्नो उम्मेदवार नपाएपछि लेखनाथ कोइरालालाई अध्यक्षमा अघि सारेर जेब्रा चुनाव चिह्न लिएर चुनावी मैदानमा  उत्रिएको छ।



चन्द्रपुर नगरपालिका को वडा नंवर ४,५ र ६ का उपभोक्ता मतदाता रहेको निर्वाचनको प्रारम्भिक मत सर्वेक्षणले किशोर प्रसाद उपाध्यायको प्यानल निकै अगाडि देखिएको छ । चुनाव प्रचार प्रसारमा बिहानै देखि खटिएको टोलिले बिहीबार वडा नम्बर ६ का उपभोक्ता समक्ष घरदैलो कार्यक्रम गर्दा स्थानीयले स्वागत गर्दै सबै उम्मेद्वारहरुलाई जितको शुभकामना व्यक्त गरेका थिए।