प्राइम खबर संबाददाता | जेठ २५, २०८० बिहिबार

आगामी जेठ २७ गते हुन गइरहेको चन्द्रनिगाहपुर खानेपानी उपभोक्ता समितिको निर्वाचनमा संयुक्त उम्मेदवारी दिएको गठबन्धनले आफ्नो प्यानलको जित सुनिश्चित भइसकेको जनाएको छ । संयुक्त गठबन्धन हाँस चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएको छ।




चन्द्रनिगाहपुर बजार स्थित बजार टोलमा बिहीबार मतदाता भेटघाट कार्यक्रममा भ्रष्टचार र बेथितिलाई रोक्न आफ्नो टिमले सबै पदमा उम्मेदवारी दिएको र आफूहरु जीतको नजिक रहेको सचिव पदका उम्मेदवार  अबदेश हरी भट्टराईले बताए ।  उपभोक्ता समितिको अध्यक्ष पदका उम्मेदवार किशोर प्रसाद उपाध्याय सहितको १३ जन उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन्। घरदैलो अभियान कार्यक्रममा  अध्यक्ष पदका उम्मेदवार उपाध्यायले चुनावी घोषणा पत्र  वितरण गर्दै मतदाताले सक्षम उम्मेदवार खोजेकोले यस पटक युवा सम्मिलित टिमले नेतृत्व पाउने दावी गरे । उनले आफूहरु निर्वाचित भए खानेपानीमा धेरै खाले सुधारका कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।



प्रतिवद्धता पत्रमा ६ महिनादेखि ३ वर्षभित्र संस्थाको प्रगति, अनियमितता रोक्ने, पानीको श्रोत विस्तार, कर्मचारीलाई प्रोत्साहन, पाइप लाइन विस्तार, २४ सै घण्टा पानीको सुविधा,कुईक रेसपोन्स टिम, सुझाव पेटिका, खानेपानी संस्थालाई भ्रष्टचार मुक्त बनाउने लगायतका १२ बुँदे योजनाहरु रहेको उल्लेख गरिएको छ ।

घरदैलो कार्यक्रमको अगुवाइ गर्दै संघीय सांसद प्रत्यासी एबम् नेकपा एमालेका नेता उद्धव रेग्मी एबम् नेताहरु शिव आचार्य,बाबुराम दाहाल,राजु तिवारी पूर्व विधायक धनलाल ठोकर, कांग्रेस नगर सभापति मुकेश गिरी, दीक्षित पौडेल, कर्ण लामा, एकीकृत समाजवादीका नेता नारायण न्यौपाने, बालकृष्ण श्रेष्ठ, लक्षमण रेग्मी लगायतका नेता कार्यकर्ताहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।