प्राइम खबर संबाददाता | जेठ ३२, २०८० बिहिबार

चन्द्रपुर नगरपालिकाको वडा नं १ मा पर्ने पौराई खोलामा स्काभेटर लगाएर मनलाग्दी उत्खनन भएको छ । बुधबार दिनभरी रैयाटोल हुदै पौराई मन्दिर जाने बाटोमा पर्ने पौराई खोला उत्खनन भएको हो । दर्जनौ ट्रेक्टर लाईन लगाएर  स्काभेटरले नदीजन्य पदार्थको  उत्खनन गरेको थियो ।


पौराईखोला उत्खनन भईरहेको सुचना पाएपछि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिल कर्ण सहितको टोलीलाई देख्नासाथ स्काभेटर र ट्रेक्टरहरु भाग्न थालेको प्रमुख कर्णले बताए ।



रौतहटका चादी ,बागमती नदी दोहन गरेका ठेकदारहरुले पछिल्लो समय मनोमानी रुपमा केही  पौराई खोला समेत उत्खनन गरेका हुन । उनीहरुले वन कार्यालय र चन्द्रपुर नगरपालिकालाई समेत जानकारी नदिईकन खोला उत्खनन गरेको वन कार्यालय रौतहटको भनाइ रहेको छ ।



चन्द्रपुर नगरपालिकाका केही निर्वाचित जनप्रतिनिधिकै मिलेमतोमा पछिल्लो समय सो खोला उत्खनन भएको जानकारहरुको भनाई रहेको छ । उनीहरुले बुधबार मात्र सयौ ट्रेक्टर नदिजन्य बस्तु बिना राजश्व उठाएर लगेका थिए । वन कार्यालयको टोली पाँच बजेको समयमा सो स्थानमा पुगेपछि मात्र उनीहरुको भागाभाग भएको स्थानीय बासिन्दाले बताए ।