प्राइम खबर संबाददाता | चैत ३, २०७७ मंगलबार
पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । धादिङ जिल्ला घर भई पोखरा कालिजङ्ग गणमा कार्यरत २३ वर्षीय राजाराम मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
नेपाली सेनाको प्याराग्लाइडिङको नियमित प्रशिक्षणका क्रममा मगर सोमबार दिउसो प्याराग्लाइडिङ दुर्घटनामा परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई पोखरा ११ रानीपौवा स्थित सैनिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा राति मृत्यु भएको डिएसपी हमालले बताए ।