प्राइम खबर संबाददाता | असार ८, २०८० शुक्रबार
सदस्यता विवादले उग्र रूप लिएपछि नेपाल पत्रकार महासंघ रौतहट शाखामा तालाबन्दी भएको छ । केही महिनाअघि नयाँ सदस्यताका लागि आह्वान गरेको भए पनि सदस्यताका लागि महासंघले माग गरेको आवश्यक पर्ने सम्पूर्ण कागजपत्र दिएको भए पनि सदस्यताबाट बन्चित गरिएको भन्दै जिल्लाका कृयाशील पत्रकारहरुले तालाबन्दी गरिदिएका हुन ।
महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले मनोमानी ढंगले कृयाशील भन्दा पनि नातावाद अनुसार आफन्तलाई नयाँ सदस्यता थपेको तर अन्य क्रियाशील सदस्यहरूलाई सदस्यताबाट वञ्चित गरेको आरोप जिल्लाभरका क्रियाशील पत्रकारहरु बताउदै आएका छन्।
वर्षौँदेखि निरन्तर समाचार लेखनमा सकृय रहेकालाई पाखा लगाउँदै जिल्लाको उत्तरी भेग चन्द्रनिगाहपुरका सञ्चारकर्मीलाई पेल्ने मनसायका साथ शुद्धीकरणको नाममा कतिको सदस्यता खोस्ने र कतिलाई मानार्थ सदस्यमा राखिएको महासंघ रौतहट शाखाका पूर्व अध्यक्ष रबिन्द्र साहको आरोप छ ।
अध्यक्षमा निर्वाचित व्यक्तिले पत्रकारको हकहितका बारेमा काम गर्दै जानुपर्ने भए पनि परिवारवाद र जातीयता र साम्प्रदायिक गतिविधिमा लागेर महासंघलाई निजी कम्पनी सोचेर मनोपोली निर्णय अध्यक्षबाट भएको बताउँदै कलमजिवि पत्रकारको अधिकार खोस्न नमिल्ने साहले बताए । पत्रकार महासंघ प्रदेश समिति र केन्द्रीय समितिले समेत जिल्ला शाखामा भएको तालाबन्दी र आन्दोलन भएको हुँदा तत्काल निर्णय सच्याउन पहल गर्नुपर्ने उनको भनाइ रहेको छ।