प्राइम खबर संबाददाता | असार १०, २०८० आइतबार
रौतहटको वृन्दावन नगरपालिकाको अब आफनै भवन निर्माण हुने भएको छ । पटक-पटक बृन्दावन पालिकामा प्रतिपक्षीहरूले पालिका अन्त्य सारेर लगिने, यहाँबाट नगरको सदरमुकाम नरहने भन्दै विरोध र अफवाह फैलाउने गरेको थियो त्यस कार्यलाई सधैंका लागि आइतवार आयोजित एक समारोहका बिच वृन्दावन नगरपालिकाको आफनै प्रशासनिक भवनको शिलान्यास गरिएको छ।
बृन्दावन नगरपालिकाका मेयर विनोद प्रसाद कुर्मीले आइतवार आयोजित एक कार्यक्रमका बीच नगरपालिकाको आफनै प्रशासनिक भवनको शिलान्यास गरेका छन् ।
मेयर कुर्मीले शिलान्यास गरेसंगै अब वृन्दावन नगरपालिकाको आफनै भवन निर्माण हुने भएको छ । विश्रामपुरमा रहेको नगरपालिकाको कार्यालय भवनको छेउमै रहेको सरकारी जग्गा जसमा बजार लाग्ने गरेको थियो सोही स्थानमा कार्यालय भवनको शिलान्यास गरेका छन् ।
नगरपालिकाको ३ करोड र एक संस्थाको ३ करोड गरी कुल ६ करोडको लागतमा सुविधा सम्पन्न आधुनिक प्राविधिक द्वारा लिफ्ट सहितको प्रशासनिक भवन निर्माण हुने मेयर कुर्मीले बताए । लिफट र प्रर्याप्त कोठा सहित चार तल्ले भवन निर्माण हुने मेयर कुर्मीले बताए । अत्याधुनिक र सुविधा सम्पन्न भवन निर्माण कार्य सम्पन्न गर्न करिव दुई वर्ष समय लाग्न सक्ने समेत उनले बताए ।
जिल्लामै पहिलो पटक वृन्दावन नगरपालिकाको प्रशासनिक भवन लिफट सहित निर्माण हुन लागेको उनले बताए । नगरपालिकाको आफनै भवन नहुँदा सो नगरपालिका कार्यालय धेरै कठिनाइको साथ सञ्चालन हुँदै आएको छ ।
आफ्नै कार्यालय सञ्चालन हुँदा प्रर्याप्त कोठाको अभावमा कर्मचारीहरुलाई बस्न समस्या हुँदै आएको छ जसका कारण सेवा प्रवाहमा समेत सेवाग्राहीहरुलाई कठिनाई हुँदै आएको छ ।
धेरै समस्या बिच नगरपालिका कार्यालय सञ्चालन हुँदै आएको अवस्थालाई मध्य नजर गर्दै मेयर कुर्मीले नगरपालिकाको आफनै प्रशासनिक भवन निर्माण गर्न लागेका छन् । नगरपालिकाको आफनै भवन निर्माण भई सञ्चालन भएपछि एकातर्फ आफ्नै भवन हुने अर्कोतिर यसैभित्र विभिन्न अन्य सरकारी कार्यालयहरू यसैमा व्यवस्थित गरि सेवाग्राहीहरुलाई सेवासुविधा उपलब्ध सहज र सरल गराउने मुख्य उदेश्य रहेको उनले दाबी गरेका छन् ।
शिलान्यास कार्यक्रममा जनप्रतिनिधिका साथै नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रासनारायण पटेल, नगरपालिकाका अन्य कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।