प्राइम खबर संबाददाता | असार ११, २०८० सोमबार
रौतहट, १० असार १०
जिल्लाको वृन्दावन नगरपालिकाको सातौं नगरसभा आइतवार भव्याताका साथ सम्पन्न भएको छ ।
वृन्दावन नगर कार्यपालिकाको कार्यालय विश्रामपुर स्थित नेरा प्राविमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको सातौं नगरसभा सभ्य एवं भव्य रुपमा उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको हो ।
वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको नगरसभाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६१ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नगरसभाले नगरको समग्र विकासका लागि ६१ करोड ८९ लाख ५५ हजार रुपैयाँको आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ । कार्यक्रममा आगामी वर्षको नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । २०८०/०८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख विनोद प्रसाद कुर्मीले बताए ।
संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण, विशेष अनुदान, शशर्त अनुदान, राजस्व बाँडफाँड, समपुरक अनुदान, आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गरिएको नगर प्रमुख कुर्मीले बताए ।
शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको उनले बताए ।
संघियताको कार्यान्वयन गर्दै नगरवासीलाई स्थानीय सरकारको प्रत्याभुति दिलाउने, प्रकोप व्यवस्थापन गर्ने, विकास सुशासनको प्रत्याभुति दिलाउने, कृषि, पशु, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा विशेष लगानी गर्ने, रोजगारीको अवसर श्रृजना गरी युवालाई विदेश प्लायन हुनबाट रोक्ने, पर्यटन प्रवद्र्धनका आयोजनाहरुको पहिचान र कार्यान्वयनमा तिव्रता दिने, सडक एवं अन्य भौतिक पूर्वाधार निर्माण कार्यको स्तरउन्नती गर्ने लगाएत कार्यलाई नगरपालिकाले आफना निती तथा कार्यक्रममा विशेष प्राथमिकता दिएको कुरा उल्लेख छ । नगरपालिकाका उपप्रमुख संगिता राम सहित केही कार्यपालिका सदस्यले नगरसभाको विरोध गर्दै अवरोध उत्पन्न गर्न खोजेको भएतापनि अधिकांश सदस्यहरू नगरसभा गर्ने पक्षमा हुँदा आईतबार नै नगरसभा सम्पन्न भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रासनारायण पटेलले बताए।