प्राइम खबर संबाददाता | असार ११, २०८० सोमबार

सरकारको निति अनुसार असार १० गते ल्याउनु पर्ने बजेट कटहरिया नगरपालिकाले एक दिन ढिलो गरेर भएपनि सम्पन्न गरेको छ । जनप्रतिनिधिहरु बिच केहि असन्तुष्टिको कारण निर्धारित समयमा नगरसभा नभएतापनि जनप्रतिनिधिहरु बिच सहमति भएपछि सोमबार  नगरसभा सम्पन्न भएको हो । रौतहट जिल्लाको कटहरिया नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को आठौं नगरसभाले ४१ करोड ९६ लाख १६ हजार ३ सय बराबरको बजेट विनियोजन गरेको छ ।


 नगरपालिकाको प्राङ्गणमा आयोजना गरिएको ८ औं नगरसभामा नीति बजेट तथा कार्यक्रमलाई कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवालले बजेट प्रस्तुत गरेका थिए । नगरसभाको नीति तथा कार्यक्रमको उद्घघाटन जिल्ला बिकाश समन्यवन समितिका अध्यक्ष रामआयोध्या राय यादब र नगर प्रमुख जैसवालले पानसमा बति बालेर संयुक्त रुपमा उद्घाटन गरे । नगर प्रमुख जैसवालले सोमबार नगरसभाको आठौं अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१ का लागि उक्त अनुमानित आयव्यय बजेट प्रस्तुत गरेका हुन् ।



कुल बजेटमध्ये संघिय शशर्त अनुदान चालु तर्फ रु १७ करोड १० लाख र पूँजीगत तर्फ १ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ ८१ लाख ४४ हजार र आन्तरिक राजस्व रु १ करोड बजेट छुट्याएको छ । नगर प्रमुखको अध्यक्षतामा भएको नगरसभामा नीति तथा कार्यक्रममा भने जनताहरुसँग गरेको बाँचा अहिले पनि अधुरै नै रहेको उनले बताए । उनले भने, ‘हामीहरु जनप्रतिनिधि भएर आएको बेला देखि अहिले सिक्ने अवस्था छ अब बिस्तारै जनताहरुसंग गरिएको प्रतिबद्धता पूरा गर्ने नै छौ” उनले बताए ।



“भाषणमा र काममा धेरै फरक छ किन भने एकै चोटि स्मार्ट सिटि बन्दैन कटहरिया नगरपालिकाको बिकासको लागी म बसेको छैन कटहरिया नगरपालिकाको बिकासको लागि आफु दिनरात लागिपरेको छु ।“ उनले भने । उनले कटहरियाको बिकास पाँच वर्षिय योजनामा राखेर पुरा गर्ने आशय व्यक्त गरेका छन ।

नगर सभा कार्यक्रममा स्वास्थ्य , शिक्षा, कृषि , उधोग,ब्यापार,ब्यवसाय ,पर्यटन तथा संस्कृति ,पशु , पर्यटन, भौतिक पुर्वधार विकासमा , महिला बालबालिका उत्थान ,खेलकुद,खानेपानि तथा सरफाई ,युवा ,खेलकुद तथा कला ,सडक,पुल तथा यतायात ,सुचना,सञ्चार तथा प्रबिधि लगायतको योजनाहरुको प्राथमिकतामा विशेष जोड रहने नगर प्रमुख जैसवालले व्यक्त गरे। उनले आ.व ०८०/०८१ मा कृषि ब्यवसायीलाईकृषक लाई प्रोत्साहन गर्ने, कृषि बिधुत मिटर जडान गरि सिचाई गर्दा उठेको बिधुत महसुलको सतप्रतिशत अनुदान दिने नगर प्रमुख जैसवालले घोषणा गरेका छन् ।

 कृषकले उत्पादन बस्तुको बिक्रिदरलाई सन्तुलित राख्न छेदि चौकमा निर्माणधिन चिस्यान केन्द्र(कोल्ड स्टोर )सहितको बजारीकरणको कार्यलाई निरन्तरता दिने, किसानहरुलाई सहज र सस्तो मलखाद उपल्बध गराउन बिशेष पहल गरिने , नगरबासिको स्वास्थ्यको ख्याल गर्दै नगरमा १५ सैंयाको अस्पताल भवनको निर्माण कार्य यसै बर्ष सुरु गर्ने उनले बताए ।

स्वास्थ्य सेवालाइृ प्रभावकारी बनाउन वडाहरुमा ब्यवस्थित स्वास्थ्य चौकी भवन निर्माणको कार्यलाई बिस्तार गर्नुको साथै कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गदैृ थप चिकित्सकको ब्यवस्था मिलाउने र अल्ट्रासाउण्ड ताथ पोर्टेबल एक्स–रे सेवा उपल्बध हुने ब्यवसथा मिलाईएको नगर प्रमुख जैसवालले बताए ।

त्यसतै कार्यक्रमममा नगरपालिका क्षेत्रभित्र एम्बुलेन्स सेवा निशुल्क, महिला स्वंसेबिकाहरुलाई प्रोत्साहन स्वरुप प्रति महिना रु ३ हजार ५ सयका दरले उपलब्ध गराउने , महिलाहरुलाई निःशुल्क स्यानेटरी प्याड बितरण, नगरमा ”सडक सञ्जालको बिस्तार,समृद्धिको अधार” भन्ने नाराको साथ बिभिन्न सडकहरुलाई राष्ट्रिय राजमार्गसंग जोडन सडक कालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिने समेत बताए ।

 किसानहरुको लागी खेतखेतमा पानी पुर्याउनका लागी नहर नपुगेको ठाउँमा डिप टयुवेल तथा स्यालो टयुवेलको ब्यवस्था, निशुल्क सिंचाईको निति, फ्रि वाईफाई , सरकारी कार्यालयहरु,बिधालयहरु,स्वास्थय संसथाहरु लगाएत सार्वजनिक स्थानहरुमा फ्रि ईन्टरनेटको सुबिधा सहित प्रबिधिमैत्री बनाउने बताए । कार्यक्रममा उपस्थित वक्ताहरुले आफ्नो–आफ्नो मन्तब्य राखेका थिए कार्यक्रम नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले संन्चालन गरेका थिए । कार्यक्रममा नगरपालिकामा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।