प्राइम खबर संबाददाता | असार १२, २०८० मंगलबार

सर्लाहि को हरिवन मा रहेको एक गैर सरकारि संस्था का पधाधिकारि ले हरिवनका नगर प्रमुख रमेश बुढाथोकी (कमल)लाई ध्यानाकर्षण पत्र बुझाएका छन ।
अपाङ्गताको क्षेत्रमा काम गर्नेगरि बिधिबत रुपमा २०७७ साल मा जिल्ला प्रसासन कार्यालय सर्लाहि ,समाज कल्याण परिषद काठमान्डौमा दर्ता रहेको बौद्धिक तथा शारिरिक अपाङ्ग मानब सेवा केन्द्रका पदाधिकारीहरुले नगर प्रमुख रमेश बुढाथोकि (कमल )लाई नगरकार्यपालिकामा पुगि ध्यानाकर्षण पत्र बुझाएका हुन ।
जिल्ला प्रसासन कार्यालय ,समाज कल्याण परिषदमा अपाङ्गता तथा महिला बालबालिकाको क्षेत्रमा बिशेषत काम गर्ने उदेश्यका साथ दर्ता गरि नगरपालिकामा समेत सुचिकृत भएको अबस्थामा नगरपालिकाबाट अपाङ्गता भएकाहरुको कार्यक्रम हुदा समेत आफुहरुलाई कुनै जानकारि नगराईएको हुदा आगामि दिनमा कार्यक्रम गर्दा संस्था र नगरपालिकाको समन्वय र सहकार्यमा काम गर्नुका साथै अपङ्गता भएका  ब्यक्ति र उनि हरुको परिवारको आय आर्जन जिबिकोपार्जन ,झमता अभिबृद्दि हुने किसिमको कार्यक्रम संचालन गर्नका साथै संस्थाको भौतिक पुर्बाधार निर्माणको लागि आउदो आर्थिक बर्ष २०८०/०८१ को रातो किताबमा बजेट बिनियोजनको माग गर्दै संस्थाकि अध्यक्ष भुवनेश्वरि पन्त कडरिया नेतृत्वमा गएको पदाधिकारिले नगर प्रमुख रमेश बुढाथोकि (कमल )लाई ध्यानाकर्षण पत्र बुझाएको संस्था कि सचिब बिधा पौडेलले बताइन् ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख बुढाथोकिले कुनै पनि सामाजिक बिकाशका काम सस्था र नगरपालिका बिच समन्वय र सहकार्य गरेर गर्दा उपलब्धि मुलक बन्ने भए पनि समन्वय र सहकार्यको कमिले केहि कमि कमजोरि भएको बाताउनु हुदै आगामि बर्षका लक्षित अपाङ्गता क्षेत्रमा काम गर्दा सस्था बिच समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताउदैं आगामि आर्थिक बर्षको लागि बजेट रातोकिताबमा आउने हुदा निर्धक्क साथ बिश्वस्त हुन आग्रह गरेका  कोषाध्यक्ष अन्जना नेपाल बताउँछिन्  ।
संस्थाले स्थापनाकाल संगै समय समयमा नगरपालिका तथा बिभिन्न संघ संस्थासग सहकार्य गरि अपाङ्गता भएका ब्यक्ति को जिबनस्तर आयाआर्जनमा सुधार ल्याउन  बाख्रा बितरण ,बेसाहारा बनेकि बालिकाको उद्दार ,अपाङ्गता भएका अतिबिपन्न परिवारलाई लत्ताकपडा बितरण लगायतको  कार्य गर्दै आएको र आगामि दिनमा आफ्नै भवन निर्माण गरि बौद्धिक तथा शारिरिक रुपमा अपाङ्गता भएकाहरुको लागि कक्षा संचालन ,स्याहार सुसार केन्द्र आवासको ब्यबस्था गरि हरिवन लगायत जिल्ला कै पहिचान हुने किसिमले काम आगाडि लिएर जाने लक्सं रहेको संस्था कि अध्यक्ष कडरियाले बताइन् ।
अपाङ्गताको क्षेत्रमा काम गर्ने बिशुद्द महिलाहरु मात्रै पदाधिकारिबाट यो संस्था संचालन गरिएको हुदा संस्था को लागि सहयोग गर्न चाहानु हुने ले आफु हरुले सक्दो सहयोग गर्न र आफ्नो गाउठाउँको बिकाशमा टेवा पुर्याउन सकिने अध्यक्ष कडरियाको भनाई रहेको छ ।