प्राइम खबर संबाददाता | असार १६, २०८० शनिबार

रौतहटमा आमाछोरी मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा कविता देवी साह र उनकी २ वर्षीया छोरी आरुही कुमारी शनिबार घरमै मृत फेला परेका हुन्।बालिकाको शव कोठाभित्र पंखामा पा,साे लागेकाे अवस्थामा र कविताको शव घरबाट निस्कने ठाउँको भर्याङ्ग तल फेला परेको प्रहरीको भनाइ छ ।


माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा माइत भएकी मृतक साहको ३ वर्ष अगाडि सामाजिक रितिरिवाज अनुसार धिरेन्द्र साहसँग बिवाह भएको थियो ।माइती पक्षका अनुसार विवाह भएदेखिनै विभिन्न बहाना सामानहरु दाइजो मागेर धिरेन्द्रले कवितालाई यातना दिने गरेका थिए ।



कविताका बाबु विजयशंकर साहले केटा पक्षले आएको मोटरसाइकल, पलंग, भैंसी, सुनको सिक्री, सुनको औंठी दाइजो माग्ने गरेको र आफुले दिन नसक्दा नाबालक नातिनी सहित छोरीलाई कुटेर ह-त्या गरेको आरोप लगाए ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक बिरबहादुर बुढामगरका अनुसार प्रहरीले सुचना पाए लगतै घटनास्थलमा गएर अनुसन्धान सुरु गरेको र अनुसन्धान पछि थप कुराहरु खुल्दै जाने जनाए ।



उनका अनुसार मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साहसहित परिवार घटनापछि फरार भएका र खोजी कार्य तिब्र पारिएको छ ।