प्राइम खबर संबाददाता | असार २०, २०८० बुधबार
महोत्तरीको सम्सी गाउँपलिकाका लेखापाल र कार्यालय सहयोगी १ लाख २५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् । बुधबार दिउँसो ४ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले रंगेहात पक्राउ परेको हो । लेखापाल रोशन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।