प्राइम खबर संबाददाता | असार २६, २०८० मंगलबार

रौतहट स्थित चन्द्रपुर नगरपालिकाका कर्मचारीले आफ्नो पालिकामा प्राविधिक कर्मचारीहरुलाई कालोमोसो दल्नुपर्ने बताएका छन् । नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी राज साह (फेसबुकमा) नाम गरेका कर्मचारीले आफु कार्यरत चन्द्रपुर नगरपालिकाका योजना शाखाका कर्मचारीहरुलाई कालोमोसो  दल्नु पर्ने बताएका हुन् । योजना एबम् प्राविधिक कर्मचारीहरु प्रति लक्षित गर्दै उनले  सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्दै उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । सोमबार नगरपालिकामा विभिन्न राजनीतिक दलका प्रतिनिधि सहितको उपस्थितिमा भएको छलफलमा स्थानीय उपभोक्ता समिति सँग प्राविधिकले कमिसन लिएको आरोप प्रत्यारोप चलेको थियो । सोही सन्दर्भमा आएको फेसबुक पोस्टमा उनले प्रतिक्रिया जनाउँदै " कालोमोसो दल्ने काम हुनुपर्थ्यो ४ लाख सुती सुती चाहिने यिनीहरूलाई " भनेर टिप्पणी गरेका छन् । नगरपालिकाका कर्मचारी काम नै नगरी सुती सुती रकम लिन खोजेको साहको भनाइ रहेको छ।