प्राइम खबर संबाददाता | असार २८, २०८० बिहिबार

नेपाली काँग्रेस रौतहटका चर्चित युवा नेता शोभित सिलवाललाई तरुण दलको कार्यवाहक जिल्ला अध्यक्ष तोकिएको छ । कांग्रेसको भातृ संगठन नेपाल तरुण दल रौतहटका जिल्ला सभापति मो.नौशाद आलमलाई दलको केन्द्रीय निर्णय अनुसार  तरूण दलको केन्द्रीय सदस्यमा मनोनीत गरेपछि सिलवालले   जिल्लाको जिम्मेवारी कार्यबाहकको रूपमा प्राप्त गरेका छन् । चन्द्रपुर नगरका तरुण दल सभापति समेत रहेका सिलवाल कांग्रेस नेता एवम् क्षेत्र नम्बर ४ का सांसद देव प्रसाद तिमल्सिना निकट विश्वासपात्र मानिन्छन् । युवा कांग्रेसमा निकै लोकप्रिय रहेका सिलवालले तरुण दललाई चलायमान र उर्जाशील बनाउन आफ्नो विशेष भूमिका रहने बताएका छन् । उनलाई जिल्ला अध्यक्ष आलमले संगठनको विधान अनुरूप जिम्मेवारी तोकेका हुन् ।