प्राइम खबर संबाददाता | असार ३०, २०८० शनिबार

रौतहटको चन्द्रनिगाहपुर स्थित एक पसलमा पिउनका लागी ल्याईएको मुन ड्रप्स नामको मिनरल वाटर बोतलमा रहेको पानीमा हडीदो सेतो लेदो सहितको अखाद्य पदार्थ भेटिएको छ । 


शनिबार इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर नजिकैको एक पसलमा कम्पनीबाट खरिद गरिएको उक्त मुन ड्रप्स नामको पानीको सील सहितको बोतलमा लेऊ र लेदो सहितको अखाद्य पदार्थ भेटिएको हो ।



मुन बेब्रेज ईण्डष्‍ट्रिज प्रालि चन्द्रपुर ५  द्धारा उत्पादन गरिएको मुन ड्रप्स  नामको पानीको बोतलमा  लेदो सहितको अखाद्य पदार्थ भेटिएपछी अहिले चन्द्रनिगाहपुर सँगै रौतहट जिल्ला र सो आसपासका जिल्लामा समेत उक्त पानीका उपभोक्ताहरु त्रसित भएका छन् । पानीमा भेटिएको पदार्थ बारे जाँच गरिनुपर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने कम्पनीमाथि कारबाही गरिनुपर्ने माग स्थानीयले गरेका छन्।