प्राइम खबर संबाददाता | असार ३०, २०८० शनिबार

झापामा मोबाइल फोनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गौरीगञ्ज गाउँपालिका १ टुनु बस्ने ५५ वर्षिया सिला बुढाथोकीको मोबाइलमा फोनमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चार्जमा रहेको मोबाइलमा फोन आएपछि उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।