प्राइम खबर संबाददाता | साउन १, २०८० सोमबार

रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ को भुमिहिन दलित,भुमीहिन सुकुम्बासी अब्यबस्थीत जमिनको नापजाच सोमबारबाट शुरु भएको छ ।
 सो कार्यको उद्घाटन चन्द्रपुर नगरपालिकाका युवा नगर प्रमुख संजय कुमार काफलेले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख काफलेले भुमिहिन दलित,भुमीहिन सुकुम्बासी अब्यबस्थीत जमिनको नापजाच कार्यले अब्यबस्थीत बसोबासको समस्या छिट्टै समाधान गर्ने बताए । काम गर्दा आइपर्ने समस्या समाधानको लागी आफुले सक्दो सहयोग गर्ने नगर प्रमुख काफलेले प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा राष्ट्रिय भुमि आयोग जिल्ला समिति अध्यक्ष लक्ष्मण रेग्मीले भुमिहिन दलित,भुमीहिन सुकुम्बासी अब्यबस्थीत जमिनको नापजाच सम्बन्धी ऐनमा भएको व्यवस्था बताएका थिए। चन्द्रपुर नगरपालिका वाड नं. ४ का वडा अध्यक्ष रबि राना मगरको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो । चन्द्रपुर नगरपालिका वाड नं. ४ को ३ सय ६९ घर धुरीका अब्यबस्थीत जमिनको नापजाच हुने वडा अध्यक्ष  राना मगरले जानकारी दिएका छन । हाल सम्म चन्द्रपुर नगरपालिकाको वाड नं. ३,५ र ६ को नापजाच कार्य यसअघि नै सकिएको छ भने वडा नं. ७ मा अधुरो जमिनको नापी कार्य भइरहेको आयोगको भनाइ रहेको छ ।




​​​​