प्राइम खबर संबाददाता | साउन २, २०८० मंगलबार

चन्द्रपुर ८ स्थित बेतौनामा एक किशोरीले आत्महत्या गरेकी छिन् । स्थानीय दिलीप पासवानकी १४ वर्षीय छोरी मनिषा पासवानले मंगलबार आफ्नै घरको भर्याङको छानामा रहेको कोराईमा सलको पासो लगाएर आत्महत्या गरेकी वडा अध्यक्ष जितेन्द्र चौधरीले बताए। सन्तपुर स्थित सुवलाल भागवत मावि कक्षा ७ मा अध्यनरत मनिषा घरमा कोही नभएको मौका पारी पासो लगाउँदा उनको मृत्यु भएको हो । वैदेशिक रोजगारका लागि बाबु दिलीप पासवान मलेसियामा रहेको बेला छोरीले आत्महत्या गरेपछि पासवान परिवार माथि विपत आइलागेको स्थानीय विजय पासवानले बताए।  मृतक शवको परीक्षणका लागि पोस्टमार्टम गर्न चन्द्रनिगाहपुर सरकारी अस्पताल लैजाने तयारी रहेको र घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।