प्राइम खबर संबाददाता | साउन ५, २०८० शुक्रबार

राैतहट । नेपाली सेना विरदल गण राैतहटको आयोजनामा पर्यावरण लाई जगेर्ना गर्ने  उदेश्यका साथ गाैर स्थित बरहवा तालको किनारमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
सो वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पर्यावरण जोगाउन सके मात्र स्वस्थ्य जिवनको कल्पना गर्न सकिने बताए। 


शुक्रबार विरदल गणको नेतृत्वमा डिभिजन वन चन्द्रनिगाहपुर ,अक्सफाम नेपाल र ग्रामिण विकास केन्द्र राैतहटको सहकार्यमा विभिन्न जातका ५ सय बिरुवा रोपिएको  हो ।



वृक्षारोपणले पर्यावरण जगेर्ना गर्नुको साथै वरहवा तालको साैन्दर्यमा थप बढने अपेक्षा गरिएको बिरदल गणका गणपति गंगा बहादुर विष्टले बताए ।
उक्त वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर तिमल्सिना सहितका सुरक्षा अधिकारीकाे समेत  सहभागीता रहेकाे थियाे ।