प्राइम खबर संबाददाता | साउन ६, २०८० शनिबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रपुर नगरपालिकाको नगर सभापतिमा उदय नारायण सापकोटा निर्वाचित भएका छन् । रास्वपा केन्द्रीय सह महामन्त्री एबम् संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न नगर भेलाबाट सापकोटा सभापति पदमा निर्वाचित भएका हुन् । शनिबार होटल पशुपतिमा सम्पन्न नगर भेलामा सभापति सहमति जुट्न नसक्दा निर्वाचनको प्रक्रियाबाट नेतृत्व चयन गरिएको थियो ।
सम्पन्न भेलाले निर्वाचनको प्रक्रिया मार्फत प्रतिस्पर्धी तीन जना उम्मेदवार मध्येबाट सापकोटाले सभापतिमा सबैभन्दा बढी मत लिएर निर्वाचित भएको रौतहट ४ का क्षेत्रीय सदस्य जनकराज भारतीले बताए । नगर भेला तथा विस्तारित बैठकले उप सभापति, सचिव लगायतका पदमा यसअघि नै सर्वसम्मत चयन भइसकेको बताएको छ । शनिबारको भेलाबाट सदस्य हरुमा १० वटै वडाबाट एक एक सदस्य समेत चयन भएका छन् । जसमध्ये शक्ति कार्की वडा नं. १, लक्ष्मण थापा वडा नं.२, भावना दाहाल वडा नं. ३ , मुना श्रेष्ठ गौतम वडा नं. ४, रञ्जन काफ्ले वडा नं. ५, गोमा उप्रेती बजगाई वडा नं. ६, रामचन्द्र शिवाकोटी वडा नं. ७, हरि चालिसे वडा नं. ८ , रिमा कुमारी साह वडा नं. १० बाट रहेका छन् भने वडा नंबर ९ लगायतको अन्य सदस्य मनोनयन नगर समितिको पहिलो बैठकबाट तय गरिने नेता भारतीले बताए । सोही कार्यक्रममा चन्द्रनिगाहपुरका युवा पत्रकार दिपु मिश्र राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् उनलाई सो पार्टीका संघीय सांसद एबम् मधेश प्रदेश सभापति मनिष झाले पार्टीको लोगों अंकित (घण्टी) बिल्ला लगाएर पार्टीमा स्वागत गरेका हुन् । मिश्रलाई सो पार्टीको मधेश प्रदेश प्रचार प्रसार एबम् सूचना विभाग सदस्यको जिम्मेवारी समेत दिइएको छ।
उक्त कार्यक्रमममा रास्वापाका सांसद मनिष झा, डा. चन्दा कार्की, तपेश्वर यादव, मनिष साह, रञ्जित राम, प्रदीप साह लगायतले मन्तव्य राखेका थिए। निर्वाचित सदस्यहरु मध्यबाट पहिलो बैठको निर्णय गरेर बांकि पदाधिकारी समेतको चयन टुंगो लाग्ने बताइएको छ । कार्यक्रममा रास्वपाका विभिन्न तह र तप्काका नेता कार्यकर्ता लगायत नगरसमिती सदस्य र स्थानीयको समेत बाक्लो उपस्थिति रहेको थियो ।